मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

एक लाख पुरस्कार जित्ने फोटो र फोटो खिच्ने विजय गजमेरको कथा यस्तो छ

POY
माथिको फोटो एक लाख पुरस्कार जित्ने फोटो हो। विजय गजमेरले खिचेको यो फोटोले पिजे क्लबले आयोजना गरेको राष्ट्रव्यापी फोटो प्रतियोगितामा वर्ष फोटो अर्थात् ‘फोटो अफ दि इयर’ पुरस्कार जितेको हो। फोटोले एउटा सिङ्गो कथा बोकेको छ। मोटरसाइकल र भैँसी दाइजो नपाएको निहुँमा फोटोमा देखिएकी रिहाना सेख ढपालीलाई पति र सासुले जिउँदै जलाइदिएकी थिइन्। शरीरको तल्लो भाग पूरै जले पनि उनी बाँचिन्। उनलाई उपचारका लागि डेढ महिना वीर अस्पतालमा राखिएको थियो। उपचार गराउँदा गराउँदै उनलाई घर परिवारको यादले सतायो। चिकित्सकहरुको पनि दुई साताको लागि छुट्टी दिएपछि उनी एम्बुलेन्समा घरतर्फ लागिन्। त्यही एम्बुलेन्सलाई एउटा क्यामेरा बोकेको ठिटोले पछ्याएको थियो। ऊ थियो- नागरिक दैनिकका फोटो पत्रकार विजय गजमेर। Continue reading एक लाख पुरस्कार जित्ने फोटो र फोटो खिच्ने विजय गजमेरको कथा यस्तो छ

पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?

aman1
-सूर्यराज गिरी/नेदरल्याण्डस-
मेरो मिल्ने साथी अनम जित लामाले बनाएको एमआरपी पासपोर्टमा भएको यति ठूलो गल्तीको जिम्मा कसले लिने? के नेपालबाट लेबनानका लागि पनि पासपोर्ट बन्ने गरेको छ ? कि नेपालका कर्मचारी आफ्नो कामप्रति जिम्मेवार छैनन्? योभन्दा बढी लेख्ने कुनै कुरा देखिनँ। बरु यस प्रश्नको जवाफ यहाँहरुसँग पो छ कि! Continue reading पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?

न्यूयोर्कमा नेपालका प्रधानमन्त्री

- नारायण श्रेष्ठ -

देशको स्वस्थ राजनीतिका लागि स्वस्थ नेताको अपेक्षा गरिन्छ। अक्सर नेताहरुमा बेजोडको आत्मविश्वास हुन्छ। तर दीर्घायु कसैको पनि निश्चित हुन्न। फोक्सोको क्यान्सर उपचार गर्न अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री सुशिल कोइरालाले पनि नेपाल फर्किनुअघि भेट्दा त्यस्तै विश्वास देखाए।
narayan
‘कत्तिको आत्मविश्वास छ पार्टी र सरकारलाई नेतृत्व गरेर लान सक्छु भन्ने?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै प्रधानमन्त्रीले टिपिहाले, ‘मलाई त पूरा आत्मविश्वास छ। पार्टीमा पनि साथीहरु छन्। सहयोग गरिहाल्छन्।‘ Continue reading न्यूयोर्कमा नेपालका प्रधानमन्त्री

यो लोगो कसको हो, थाहा छ ?

logo छेउको लोगो केको हो थाहा छ तपाईँलाई?
कुन कम्पनीको, कुन उत्पादनको हो ? ल भन्नुस्।
पक्कै पनि तपाईँले यो लोगो कता देखेको, कता देखेको जस्तो लाग्यो भनेर सोच्नुभएको होला। हैन र ?
त्यसो भए अब यसो तपाईँको कम्प्युटरको डेस्कटपतिर नजर लगाउनुस् त। Continue reading यो लोगो कसको हो, थाहा छ ?

केटी कान्डमा किताब जलाउने कपुतहरु

aagjani
आज काठमाडौँमा ज्यादै नरमाइलो घटना भयो। आज एउटा पुस्तकालय जलाइयो। हामी यस्तो समाजमा हुर्केका हौँ, जहाँ किताब जलाउने त कुरै छाडौँ, यसो खुट्टाले गल्तीले छुँदामात्र पनि ढोगेर क्षमा माग्छौँ। तर किताबहरुले भरिएको एउटा पुस्तकालयमा आज दनदनी आगो बल्यो। निहुँ खासमा केटीको रहेछ। केटीको निहुँमा भएको झगडामा किताबमा आगो झोसेछन् कपुतहरुले। सब किताब खरानी! Continue reading केटी कान्डमा किताब जलाउने कपुतहरु

अचम्मका मौरी : तपाईंलाई कुन तथ्य अचम्मको लाग्ला!

Bee-Indiividual- यावत् बस्तु नबनाए पनि, तेरोमेरो भनी साँधसीमा नलगाए पनि, सानोठुलोको विभेद नगरे पनि, धन दौलत नथुपारे पनि करोडौं बर्षदेखी मज्जाले चलेको छ मौरीको जीवन ! मौरी मुख्यतया ९ बर्गमा विभाजित छन, झन्डै २० हजार प्रकारका हुन्छन, र संसारका हरेक भागमा पाहिन्छन् | यिनीहरुको खानाको श्रोत मधुरस (Nectar) र पराग (Pollen) हो | तत्काल चाहिने इन्धनको लागी यिनीहरुले मधुरस प्रयोग गर्छन भने प्रोटिनलगायतका अन्य पौष्टिक पदार्थ पुरा गर्न, र बच्चा हुर्काउनको लागी पराग अथवा केसर प्रयोग गर्दछन् |

मौरीका ६ वोटा खुट्टा, टाउकाको दुईपट्टि हजारौं घनाकार लेन्स भएका कम्पाउण्ड आँखा, टाउकोमाथि ३ वोटा साधारण आँखा, २ जोडी पखेटा, लामो सुंड जस्तै जिब्रो, रस राख्ने छुट्टै थैली, बिबिध प्रकारको नाजिकता थाहा पाउने शरीर, र भालेका १३ भागमा र पोथीका १२ भागमा बाडिएका गन्ध र स्वाद थाहा पाउने १७० वोटा रिसेप्टर जडित २ वोटा एन्टिना, हुन्छन् | यस्ता रिसेप्टरहरु झिंगामा ६२ वोटा र लामखुट्टेमा ७९ वोटा मात्र हुन्छन् |
मौरी जाँगरिलो हुने, समूहमा बस्ने, यसले फूलबाट मह र कुट बनाउने, यसको रानी हुने कुरा त हामी सबैलाई नै थाहा छ, तर यसको जीवनचक्र र जीवन यापनलाई अलि बिस्तृतगरि नियाल्ने हो भने औधि रमाइलो र आश्चर्यको छ | Continue reading अचम्मका मौरी : तपाईंलाई कुन तथ्य अचम्मको लाग्ला!

अनि ऊ नेपाल फर्कने निर्णय गर्छ

- ध्रुव थापा, क्यालिफोर्निया –

आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो मान्छे भएर रुनु हुँदैन रे। त्यसैले त ऊ आफन्तको सामु वा आफ्नै श्रीमतीसित समेत आफ्नो दुःख पोखेर मन हलुङ्गो हुने गरी रुन सक्दैन। उसलाई अहिले एक प्रकारको आत्मग्लानीले सताइरहेको छ। आज उसकी छोरीको बिहे। पिताको सबैभन्दा ठूलो कर्तव्य कन्यादान दिनसमेत असमर्थ छ यो अमेरिकाको बसाइले। Continue reading अनि ऊ नेपाल फर्कने निर्णय गर्छ

यस्तो छ बाबुराम भट्टराईले टियुका एम.फिल विद्यार्थीलाई दिएको लेक्चर

bauram_tu
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज शनिबार त्रिभुवन विश्वविद्यालयका एमफिल विद्यार्थीहरुलाई लेक्चर दिएका छन्। जमलस्थित पब्लिक एडमिनिस्ट्रेसन केन्द्रीय विभागमा उनले “The Nature of Underdevelopment and regional structure of Nepal: A Marxit analysis” शीर्षकमा लेक्चर दिएका हुन्।

उनको लेक्चरको पावरप्वाइन्ट प्रिजेन्टेसन हेर्नलाई भित्र आउनुस्। यसअघि उनले गत मार्चमा काठमाडौँ युनिभर्सिटीको स्कुल अफ म्यानेजमेन्ट (KUSOM) मा लेक्चर दिएका थिए। पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अनुभव बाँड्ने चलन विदेशतिर पनि हुन्छ। हाम्रोमा भने यस्तो कुनै पूर्व प्रधानमन्त्रीहरुले गरेका थिएनन्। Continue reading यस्तो छ बाबुराम भट्टराईले टियुका एम.फिल विद्यार्थीलाई दिएको लेक्चर

वर्षमा $ २,००० सम्म अनलाइन सपिङ गर्न सकिने

online_shopping अमेजन वा अन्य अन्तर्राष्ट्रिय वेबसाइटहरुबाट सामान किन्नु परे के गर्ने ?
कुनै विदेशी कम्पनी वा व्यक्तिको काम गरिदियौँ, ऊसँग भुक्तानी अनलाइन लिनु परे के गर्ने ?

अहिलेसम्म नेपालमा यसबारे कुनै व्यवस्था गरिएको थिएन। गभर्नर युवराज खतिवडाले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७१/७२ को मौद्रिक नीतिमा यो समस्यालाई सम्बोधन गरिएको छ। अब वर्षमा दुई हजार अमेरिकी डलरसम्मको सामान वा सेवा अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाइने घोषणा त्यसमा गरिएको छ। त्यसैगरी अनलाइन भुक्तानीको लागि पनि उपयुक्त नीति बनाई लागू गर्ने भनिएको छ। यसले पेपाल जस्ता अनलाइन भुक्तानीका सेवा नेपालमा वैधानिक रुपमा चलाउन सकिने स्थित आउन सक्छ। डेविट र क्रेडिट कार्ड जारी गर्ने व्यवस्था पनि अब खुकुलो हुनेछ। Continue reading वर्षमा $ २,००० सम्म अनलाइन सपिङ गर्न सकिने

अदालतको फैसला – सामाजिक सञ्जालमा राज्य संयन्त्रले नियन्त्रण गर्न पाउँदैन

फेसबुकमा कमेन्ट लेख्नेलाई हिरासतमा राख्नु विधिको शासन विपरीत भएको अदालतको ठहर, विभागीय कारबाहीको दायरामा ल्याउनु पर्ने

फेसबुकमा सामान्य कमेन्ट लेख्ने सप्तरीका एक युवक अब्दुल रहमानलाई त्यहाँका प्रहरी प्रमुख दिनेश अमात्यको आदेशमा १८ दिनसम्म थुनामा राख्नुलाई अदालतले विधिको शासन विपरीत भएको ठहर गरेको छ। काठमाडौँ जिल्ला अदालतले मंगलबार गरेको फैसलामा प्रहरीले संयमता गुमाएर पक्राउ गरी लामो समय हिरासतमा राखिनुलाई मानवअधिकारमैत्री नभएको पनि उल्लेख छ। अदालतले यस्तो गैरकानुनी कार्य गर्न आदेश दिनेलाई प्रहरीले विभागीय कारबाहीको दायरामा ल्याउनु पर्ने समेत संकेत गरेको छ। फैसलामा भनिएको छ- ‘कुनै पनि सार्वजनिक पदाधिकारीको कार्यबाट निरंकुशता र प्रतिसोध गन्ध देखिन आए त्यस्तो कार्यलाई अनुत्तरदायी व्यवहार मानिन्छ। जुन राज्य पक्षबाटै दन्डनीय हुन जानेछ। राष्ट्रसेवकबाट यस प्रकारको गतिविधि गर्नु गैरकानुनी त हुँदै हो, नैतिकता, आचरण र कानुनका दृष्टिबाट पनि क्षम्य नभई राष्ट्र सेवक विभागीय कारबाहीको दायराभित्र पर्न सक्ने देखिन्छ।’ फैसलामा प्रहरीले त्यस्तो कार्यको जवाफ दिन पनि भनिएको छ। फैसलामा छ- ‘महत्त्वपूर्ण जिम्मेवारी रहेको सामाजिक सुरक्षा, शान्ति स्थिरता र अमनचयनको क्षेत्रमा अधिकतम समय दिनुपर्नेमा मूल्यवान समय एउटा कम महत्वको अनावश्यक विषयमा खर्चनुको युक्तियुक्त कारण समयान्तरमा प्रहरीले दिनु पर्ने हुन्छ।’ फैसलामा छ- ‘प्रहरी कार्यालय र प्रहरी प्रमुख स्वयंबाट विधिको शासन, मानवअधिकार र न्यायको सुनिश्चितता नहुनु आफैमा सकारात्मक कदम होइन।’ Continue reading अदालतको फैसला – सामाजिक सञ्जालमा राज्य संयन्त्रले नियन्त्रण गर्न पाउँदैन

एमआरपी भर्नेको दुःख – जानेर पनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?

step-to-print मेरो नाम सुब्रत नेपाल हो। म युएईको कुनै एक राज्यमा अवस्थित एक कम्पनीमा कार्यरत छु। धेरै नपढे पनि अनपढ चाहीँ हैन। सुन्छु,बुझ्छु,पढ्छु र लेख्छु पनि। नेपाली, अङ्रेजी र अलि अलि अरबी भाषा। टेक्नोलोजीको माध्यमले बिश्व सानो सानो बन्दै गईरहेको बेलामा म पनि इन्टरनेटको सामान्य तर आफूलाई चाहिने जति ज्ञान राख्दछु।

तर अहिले मलाई के अनुभव भइरहेको छ भने मैले आजसम्म पढेको बेकार रहेछ। मैले जानेको इन्टरनेटले मलाई काम नदिएपछि मैले इन्टरनेट सिकेको पनि झन बेकार रहेछ। किनकी म मेरो काम आँफै गर्न सक्दिन। जान्दिन हैन, जानेर पनि सक्दिन भने पढ्नु को के अर्थ? Continue reading एमआरपी भर्नेको दुःख – जानेर पनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?

किन असल बुहारीको मात्र कुरा हुन्छ, असल ज्वाईं कसरी बन्ने चाहिँ किन भनिँदैन ?

- डा. विजय ज्ञवाली-
क्लिनिकल मनोविज्ञ

असल बुहारी बन्न केही गुण अपनाउनुस् शीर्षकमा एउटा पत्रिकामा महिला लेखिकाको लेख आएपछि एकजना समाजशास्त्रीले सामाजिक सञ्जालमा छलफलको विषय बनाउनु भयो। छलफलमा भाग लिएका कतिपयले यसलाई पुरुष खराब भएकाले असल बुहारीको बारेमा लेखियो भन्ने मोड दिए भने कतिपयले ती महिला लेखिकालाई निरीह सोच भएकी भनेर टिप्पणी गरे। तर ती समाजशास्त्रीले उठाउन खोजेको विषय निकै गम्भीर थियो। उनको आशय थियो, असल बुहारीको गुणको बारेमा पत्रिकामा लेख आउने गरी हाम्रो समाजमा छलफल हुन्छ। तर असल श्रीमान, असल ज्वाईं बन्ने तरिका बारे किन खासै चर्चा हुँदैन? वास्तवमै उनले भने जस्तै असल ज्वाईं बन्ने तरिकाको बारेमा हामी कहाँ छलफल हुँदैन। Continue reading किन असल बुहारीको मात्र कुरा हुन्छ, असल ज्वाईं कसरी बन्ने चाहिँ किन भनिँदैन ?

फेसबुक कमेन्ट मुद्दामा प्रहरीलाई अदालतको आदेश – जथाभावी मुद्दा नलगाउनू

5-Facebook-Crimes-that-Led-to-Severe-Fines-or-Jail-Time-2सप्तरी जिल्ला प्रहरी कार्यालय फेसबुकमा छ। तर उसलाई फेसबुकको प्रोफाइल र पेजबीचको फरक थाहा छैन। प्रोफाइलबाटै सप्तरी जिल्ला प्रहरी कार्यालयले आफ्ना कुरा अपडेट गरिरहन्छ। गएको महिना एक पत्रकारले सप्तरी प्रहरीको वाहवाह गरेर एउटा समाचार पत्रिकामा छापे। ती पत्रकारले त्यही समाचार आफ्नो फेसबुकमा सेयर गरे। त्यसैको मुन्तिर अब्दुल रहमानले कसैप्रति लक्षित नगरी एउटा सामान्य कमेन्ट लेखे। लौ, आकाश खस्यो, पाताल भास्सियो सप्तरी प्रहरीको। सप्तरी प्रहरी प्रमुख दिनेश अमात्यको आदेशमा रहमानलाई प्रहरी कार्यालय उपस्थित गराइयो, बयान चित्त नबुझे पछि उनले आदेश दिए- लगेर थुन्दे। उनको मोबाइल खोसियो, कसैलाई सम्पर्क गर्न दिइएन। २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्ने कानुनी प्रावधान अनुसार सप्तरी जिल्ला अदालतमा उनलाई उपस्थित गराइयो। अदालत पनि उस्तै। थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिइदियो। जबकि उसको क्षेत्राधिकारमै पर्दैन विद्युतीय कारोबार सम्बन्धी मुद्दा। Continue reading फेसबुक कमेन्ट मुद्दामा प्रहरीलाई अदालतको आदेश – जथाभावी मुद्दा नलगाउनू

ओलीले चलाउने भए एमाले

kp
दुई हजार चानचुन मत गन्न तीन दिन लगाएको एमालेको हाइटेक महाधिवेशनले केपी ओलीलाई अध्यक्ष चुनेको छ। माधव नेपाललाई ४३ मतले हराउँदै ओलीले एमालेको नेतृत्व लिने भएका हुन्। अघिल्लो महाधिवेशनमा ओलीलाई १ सय १७ मतले पराजित गर्दै कूल खसेको मत १७९३ मध्ये ९१३ मत ल्याएर झलनाथ खनाल एमालेको पहिलो प्रत्यक्ष रुपमा निर्वाचित अध्यक्ष बनेका थिए। प्यानलै बनाएर निर्वाचन लडेका भए पनि पदाधिकारी मतदानको नतिजा भने मिश्रित आएको छ। भर्खरै सकिएको विश्वकपको ह्याङओभर नसकिएकाहरुले ७-७ गोलको बराबरी भएको सम्झिए हुन्छ। Continue reading ओलीले चलाउने भए एमाले

विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

tv यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे न‌याँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा यस पटक ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा चाहिँ परिवर्तन गरिएको छैन। त्यसो भए कत्रो टिभीमा कति कर लाग्छ त ?
Continue reading विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

eXTReMe Tracker